विहीबार, २१ भदौ २०८०, दोलखा। काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको नेपाली कांग्रेसका नेता सुशील भट्टले बताए।
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया भाइरल निमोनिया भएका कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा.विनोद विजुक्छेको भनाइ छ।
रिजाल गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। रिजाल कांग्रेस काठमाडौं ७ का क्षेत्रीय सभापति समेत हुन्।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए।