आइतबार, २४ भदौ २०८०, दोलखा। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारका अधिकृत सहित तीन कर्मचारी ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्।

भन्सार अधिकृत पुष्पा जोशी, नासुद्धय कमल परियार र विरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान अघि बढेको ब्यूरोले जनाएको छ। यसअघि पनि विमानस्थल भन्सारको दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितको चार कर्मचारी पक्राउ परेका छन्। प्रहरीले पौडेलको बयानको आधारमा अन्य कर्मचारीको संलग्नता देखिएपछि थप तीन जना कर्मचारीलाई पक्राउ गरिएको हो।

यो प्रकरणमा तीन जना पक्राउ परेसँगै ३१ जना सीआईबीको नियन्त्रणमा रहेका छन्। सिआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ।