बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।

आइतबारदेखि मंगलबारसम्म स्थिर मूल्यमा कारोबार भएको सुन-चाँदीको मूल्य आज बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबारसम्म छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनसम्म चाँदी प्रति तोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो।