सोमबार, २५ भदौ २०८०, दोलखा। ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरी हिरासतमा रहेका १७ जनामध्ये १६ जना धरौटी बुझाएर रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न दिएको आदेश अनुसार धरौटी बुझाएर रिहा भएका हुन्। अदालतले सबैभन्दा बढी भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको थियो भने अन्यलाई १५ लाखदेखि एक लाख १० हजारसम्म धरौटी मागेको थियो। यस्तै अदालतका अनुसार अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन्। अदालतले उनीसँग ७ लाख ५० हजार रुपैया धरौटी माग गरेको थियो। उनी अब धरौटी बुझाएमात्र छुट्ने भएका छन् उनीहरुले धरौटी बुझाएर हिजो साँझ रिहा भएका हुन्।
