प्रधानमन्त्रीले श्रम गन्तव्य देशका राजदूत र कुटनीतिक नियोग प्रमुखसँग छलफल गर्दै


कृष्ण बुढाथोकी

सोमबार, २५ भदौ २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने श्रम गन्तव्य मुलुकका राजदूतहरुसँग छलफल गर्दै छन्।

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौं आइसकेका छन्।

नेपाली श्रमिकहरुको सुरक्षा र मानव तस्करी रोक्ने विषयमा श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफल गर्न लारेको हो। दुई दिवसीय बैठकमा श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिका लगायतका विषय छलफल हुने जनाइएको छ।

श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्ने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

विभिन्न माध्यम र तरिकाले भइरहेको मानव तस्करीलाई रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ।

सम्बन्धित खबर