६१ किलो सुन तस्करीको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाइयो


कृष्ण बुढाथोकी

बुधबार, २७ भदौ २०८०, काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा बुझाएको छ।

सिआइबीले बुधबार जिल्ला सरकारी वकील कार्यालयमा ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रवक्ता महेशप्रसाद खत्रीले अनुसन्धान प्रतिवेदन कार्यालयमा आएको जानकारी गराए। उनले अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको भन्दै प्रतिवेदनलाई हेर्दा फरार प्रतिवादीहरु समेत गरेर २९ जनालाई प्रतिवादी बनाइएको बताएका छन्।

प्रवक्ता खत्रीले संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न ६० दिनसम्मको समय हुने भन्दै आज ५७ दिन पुगिसकेकाले बाँकी रहेको ३ दिन भित्रमा अदालतमा अभियोजनका लागि पेस गर्ने बताए।

प्रवक्ता खत्रीले रातदिन काम गरेर भएपति बाँकी रहेको तिन दिनभित्रमा सरकारी वकीलको कार्यालयले गर्नु पर्ने काम सक्ने र समयसीमा भित्रै मुद्दा अदालतमा दर्ता गर्ने बताएका थिए ।

सम्बन्धित खबर