यस्तो छ आजको मौसम


कृष्ण बुढाथोकी

विहीबार, ०४ असोज २०८०, दोलखा। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

बिहीबार बिहान लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

यस्तै, बिहीबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी भू(भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खबर