शनिबार, ०६ असोज २०८०, दोलखा। नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु दोलखाको जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

अनेरास्ववियुको २१ औं जिल्ला अधिवेशनले रामचन्द्र केसीको नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको हो।

जसअनुसार उपाध्यक्षमा सुबोध पोखरेल, विजय मोक्तान र विपिन्द्र खतिवडा, सचिवमा सुदीप पोखरेल, सह–सचिवमा विष्णुराज गुरुङ, सुदीप जिरेल र प्रमिला दाहाल तथा कोषाध्यक्षमा उमेश रोकाय र कार्यालय सचिवमा शंकर पाठक चयन भएका छन्।

हिजो जिल्ला सदरमुकाम चरिकोटमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।