खेलाडीले अझै पाएनन् सरकारले घोषणा गरेको पुरस्कार, कप्तान पौडेल भन्छन् ‘आशावादी छौँ’


कृष्ण बुढाथोकी

आइतबार, ०७ असोज २०८०, दोलखा। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासो गरेका छन्।

१९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतबार काठमाडौँमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन्।

उनले भने, ‘सरकारले घोषणा गरेको रकम नआएको भनेर कति पटक भनिसकेका छौँ। अहिलेसम्म आएको छैन। आउँछ भनेर आशावादी छौँ। हेरौँ के हुन्छ।

कप्तान पौडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन्। उनले एसियाली खेलकुदलाई लिएर सबै जना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए। यो प्रतियोगिताले आइसिसी टी(२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने उनको भनाइ छ।

सम्बन्धित खबर