अभिनेत्री आँचल शर्मा नयाँ फिल्म ‘ह्वाइट हाउस’मा अनुबन्धित भएकी छन्
सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने फिल्ममा आँचलको शीर्ष भूमिका हुने जनाइएको छ।
यो फिल्ममा यसअघि रमेश उप्रेती र गरिमा शर्मा पनि अनुबन्धित भइसकेका छन्।
फिल्ममा राजदरबार घटनाको कथावस्तु पनि हल्का समावेश भएको छ। फिल्मको नाम ‘ह्वाइट हाउस’मा चेन्ज भएर ‘राज महल’ हुन सक्नेछ।