मंगलबार, १६ असोज २०८०, दोलखा। नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका थिए।
प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएको हो। अन्य पदाधिकारीमा पनि खतिवडा समुहकै निर्वाचित भएका छन्।
राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५ सय १२ मत पाउँदा उहाँका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत ल्याए भने ३५ मत बदर भएको छ।
खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद्समेत हुन्छ। सचिवमा पाँचथरका राजकुमार भण्डारी तथा उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवशी विजयी भएका छन्।
उपाध्यक्षमा धनकुटाका टीकराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए।
© २०८२, अनलाईन बुलेटिन