काठमाडौंबाट भारत जाँदै गरेको बस नवलपुरमा दुर्घटना


कृष्ण बुढाथोकी

मङ्गलबार, ०८ असोज २०८१, काठमाडौँ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए। घाइते भएका २३ जनाको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ, जबकि अन्य यात्रु सकुशल रहेका छन्।

सम्बन्धित खबर