शुक्रबार, २९ भदौ २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङजाओमै भेटवार्ता हुने भएको छ।
शुक्रबार प्रतिनिधि सभामा संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो। प्रधानमन्त्री दाहाल राष्ट्र अमेरिकामा हुने संघको ७८औं महासभामा भाग लिन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्ने कायृक्रम रहेको छ। प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन हुनेछ।
त्यसपछि दाहाल चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ। उहाँ असोज ५ गते अमेरिकाबाटै चीनतर्फ जानुुहनेछ र चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री दाहाल चीनमा हुने १९औं एसियन्स गेम्सको उदघाटन समारोहमा सहभागी हुनेछ।
प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री ली खछ्याङसँग२५ सेप्टेम्बरमा बेइजिङमा भेटवार्ता हुनेछ।
