आईतवार, १६ भाद्र २०८१, हेटौंडा। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले ४४ व्यवसायी विरुद्ध मुद्धा दायर गरेको छ।
कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट एक वर्षको अवधिमा गरिएको अनुगमन तथा संकलित नमुनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा आर्थिक वर्ष २०८० ८१ मा ४४ व्यवसायी विरुद्ध मुद्धा दायर भएको हो। मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४ व्यवसायी विरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत मुद्धा दायर भएको खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए।
अनुगमनका क्रममा संकलन गरिएको खाद्ययपदार्थको नमुना परीक्षण गर्दा मिसावट, म्याद गुज्रेको सामान बिक्री वितरण गरेको पुष्टि भए पछि उनीहरु विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख घिमिरेले बताउए।
