साउन ३०, काठमाडौँ । आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको तयारीका लागि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरू भएको छ।
सोमबार बिहान सिंहदरबारमा केन्द्रीय सुरक्षा समिति बैठक सुरू भएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालय स्रोतले जानकारी दियो।
गृहमन्त्री खाणको अध्यक्षतामा बैठक जारी छ। बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरण शर्मा सहभागी छन्। यस्तै चार वटै सुरक्षा निकायका अधिकारी पनि सहभागी छन्।
बैठकमा नेपाल प्रहरीका आइजिपी धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत सहभागी छन्।
सरकारले आउँदो मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचन घोषणा गरेसँगै निर्वाचनको सुरक्षा तयारीको लागि बैठक बसेको हो।
© 2025, Online Bulletin