काठमाडौं, जेठ २०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार भेटघाट गरेका छन्।

पाँच दिने भारत भ्रमणका क्रममा लामिछानेले मोदीसँग भेटघाट गरेका हुन्।

उक्त भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेशमन्त्री डा। एस जयशंकरको समेत उपस्थिति रहेको थियो।

भेटघाटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखे, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा निकै खुसी लागेको छ।

साझा र समृद्ध भविष्यका लागि नजिक रहेर सँगै काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण समर्थन छ। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता प्राप्त साझेदार हो र हाम्रा दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन हामी नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं।’