राप्रपाका दुई नेता निलम्बित


कृष्ण बुढाथोकी

मंगलबार, १६ असोज २०८०, दोलखा। राप्रपाले दुई नेतालाई निलम्बन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले झापाका केन्द्रीय सदस्य नवराज पनेरु ९राजु० र मोरङ्ग जिल्ला‌ कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेकाले अनुशासन समितिको सिफारिस बमोजिम उनीहरुलाई निलम्बन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

सम्बन्धित खबर