दोलखाका प्रमुख कोष नियन्त्रक सहित लेखा समुहका ५०८ जना कर्मचारीको सरुवा


कृष्ण बुढाथोकी

शनिबार, २३ मङ्सिर २०८०, दोलखा। महालेखा नियन्त्रक कार्यालयले दोलखाका एक सहित लेखा समुहका ५ सय ८ जना कर्मचारीको एकै पटक सरुवा गरिएको छ।

महालेखा नियन्त्रक कार्यालयले ३४ जना प्रमुख कोष नियन्त्रक र उपलेखा नियन्त्रक, १ सय २२ जना शाखा अधिकृत र ३ सय ५२ जना लेखापाल गरेर ५ सय ८ जना लेखा समुहका कर्मचारीको सरुवा गरेको हो। जसअनुसार दोलखाका प्रमुख कोष नियन्त्रक मूरारी निरौलाको पनि सरुवा भएको छ। निरौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौंमा सरुवा भएको छ।

यसअघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखामा लेखा समुहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो।

सम्बन्धित खबर