काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको जानकारी दिएका छन्।
आइतवार ४२ औं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । उनले कांग्रेसले आफूलाई नयाँ बनाउन आफू भित्र रहेका कमजोरी पहिचान गर्ने र आफू भित्र कै क्षमता खोज्नु पर्ने बताएका थिए। थापाले काँग्रेस भित्र पठन संस्कृति छ भन्ने कुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताएका छन।