
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
बजेट पछि लगातार घटेको सेयर बजार बिहीबार भने १६.५४ अंकले बढेको छ। यस दिन नेप्से ०.८९ प्रतिशतले बढेर १८६६.३४ बिन्दुमा पुगेको छ।
बिहीबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७२ वटा धितोपत्रको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच भएको हो।
