सोमबार, २२ साउन २०८०, दोलखा । रामेछापमा फेला परेकोे बेवारिसे शव दोलखाका एक पुरुषको रहेको पुष्टि भएको छ।

सो शव दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेका ६२ वर्षीय भिमबहादुर थामीको रहेको पुष्टि भएको हो। थामी साउन १५ गतेदेखि हराएका थिए। हराइरहेका थामीको शव शनिबार मन्थली नगरपालिका १ हाटेचौर स्थित तामाकोशी नदिको किनारामा घोप्टो परेको अवस्थामा फेला परेको थियो। हराएको ६ दिनपछि पहिचान भएकाले थामीको परिवारजनले शव बुझि सकेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक रञ्जन गिरीले जानकारी दिएका थिए।

उहाँका अनुसार उनको शव पोष्मार्टमाका लागि रामेछापको मन्थली अस्पताल राखिएको छ।