आज कुन तरकारीको मूल्य कति?


अनलाईन बुलेटिन संवाददाता

कालीमाटी कालीमाटी बजार विकास समितिले शुक्रबारका लागि तरकारीको थोक मूल्य तोकेको गरेको छ।

समितिका अनुसार शुक्रबार गोलभेडा ठूलो (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकत मूल्य ९० रुपैयाँ रहेको छ। त्यस्तै, गोलभेडा सानो (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम मूल्य५० रुपैयाँ तय भएको छ।

बिहीवार लोकल गोलभेडाको न्यूनतम तोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकत मूल्य ४५ रुपैयाँ रहेको थियो।

सुकेको प्याज (भारतीय)को न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकतम मूल्य ३६ रुपैयाँ रहेको छ।

लोकल गाजरको न्यूनतम थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ र अधिकतम मूल्य १४० रुपैयाँ रहेको छ। लोकल बन्दाको न्यूनतम थोक मूल्य प्रतिकिलो १० रुपैयाँ र अधिकतम मूल्य १५ रुपैयाँ रहेको छ।

स्थानीय काउलीको न्यूनतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकतम मूल्य १०० रुपैयाँ तय भएको छ। रातो मूलाको न्यूनतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम मूल्य ४० रुपैयाँ रहेको छ। लोकल सेतो मूलाको न्यूनतम थोक मूल्य प्रतिकिलो १५ रुपैयाँ र अधिकतम मूल्य २० रुपैयाँ रहँदा हाइब्रिड सेतो मूलाको न्यूनतम थोक मूल्य प्रतिकिलो २० रुपैयाँ र अधिकतम मूल्य २५ रुपैयाँ रहेको छ।

यस्तै, लाम्चो भन्टाको न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम मूल्य ५० रुपैयाँ रहेको छ। डल्लो भन्टाको न्यूनतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ र अधिकतम मूल्य ७० रुपैयाँ रहेको छ। तिते करेलाको न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ। लौकाको न्यूनतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ पुग्दा अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ।

आज रायोको सागको न्यूनतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ। तोरीको सागको न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तय भएको छ। जिरीको सागको न्यूनतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ। हरियो प्याजको न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ रहेको छ।

कन्य च्याउको न्यूनतम थोक मूल्य प्रतिकिलो १८० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ पुग्दा डल्ले च्याउको न्यूनतम थोक मूल्य प्रतिकिलो ३४० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो ३८० रुपैयाँ पुगेको छ। कुरिलोको न्यूनतम थोक मूल्य प्रतिकिलो २५० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो ३०० रुपैयाँ रहेको छ।

आज कालीमाटी बजारमा पुदिनाको न्यूनतम थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ रहेको छ। कागतीको न्यूनतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ र अधिकतम मूल्य प्रतिकिलो १३० रुपैयाँ तय भएको छ।

सम्बन्धित खबर