सोमबार, २१ साउन २०८१, सिन्धुली। सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
जिल्लाको दुधौली नगरपालिका –१ गिज्यानीका २७ वर्षीय नबिन धामीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर घाईते भएका धामीको नगर अस्पताल सिर्थौलीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक, ईन्स्पेक्टर केशव कुमार कट्ववालले जानकारी दिए।
उनी हिजो दिउँसो स्थानीय खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाईते भएका थिए। घटनाको जानकारी लगत्तै खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरि शव आफन्तको जिम्मा लगाएको सिन्धुली प्रहरीले जनाएको छ।