उदयपुर । ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका एक प्रतिवादीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको विशेष टोलीले ४४ वर्षीय प्रेम मगरलाई बुधबार पक्राउ गरेको हो । उदयपुर जिल्ला अदालतको फैसलाले मगरलाई ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय सुनाएको थियो । फैसलापछि उनी कानुनी कारबाहीबाट बच्न लुकिछिपी बस्दै आएका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ । प्रहरीले पछिल्लो समय ‘फरार प्रतिवादी पक्राउ अभियान’ लाई तीव्र पारेसँगै लामो समयदेखि लुकेका अपराधीहरू कानुनी कठघरामा आउन थालेका छन् ।
