साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ।

बार्सिलोनाले आइतबार राति भएको खेलमा क्याडिजलाई २-० ले पराजित गरेको हो। पेड्री र फेरान टोरेसले अन्तिम ८ मिनेट भित्र गोल गरेपछि बार्सिलोनाले सिजनको पहिलो जितसहित तीन अंक जोडेको छ।

घरेलु मैदानमा बार्सिलोनाले पहिलो गोल गर्न ८२ मिनेटसम्म कुर्नुपरेको थियो। पेड्रीले ८२औं मिनेटमा इल्के गुन्डागोनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। फेरानले इन्जुरी टाइमको चौथो मिनेटमा रोबर्ट लेवान्डोसक्को पासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे। जितपछि दुई खेलबाट ४ अंकसहित पाँचौ स्थानमा उक्लेको छ।

नयाँ सिजन रियल मड्रिड र भ्यालेन्सियाले मात्रै खेलेको दुवै खेल जितेका छन्। रियल र भ्यालेन्सिया क्रमश: पहिलो र दोस्रो स्थानमा छन्।