nepse

काठमाडौं, जेठ २०

सेयर बजारमा सामान्य सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६६ अकंले बढेर २७८०.२५ बिन्दुमा कायम भएको हो।

कारोबार रकममा पनि सुधार देखिएको छ। आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो।

आज कालिन्चोक हाइड्रोपावर र एसबिएल डिबेन्चर २०८४को शेयरमा सकारात्मक सर्किट लागेको छ। साथै, विजय लघुवित्तको ८.७३ प्रतिशत, सयपत्री हाइड्रोको ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ६.१७ प्रतिशतले सेयर मूल्य बढेको हो।