द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका संस्थापक वसन्त लामाले बर्गर ग्रुपलाइ अब पब्लिक कम्पनी बनाइने तयारीमा लागेको बताए ।
बुधबार काठमाडाैंकाे चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयाेजना गरेकाे बर्गर बिजनेस कन्फ्रेन्समा लामाले बर्गर ग्रुपलाई प्राइभेटबाट पब्लिक कम्पनी बनाउने तयारीमा रहेको बताए।उनले केही सियर सदस्यहरुले राखेको प्रश्नको जवाफ दिदै कतिपय ब्राञ्च कम्पनीकाे नीति नियम नमान्दा घाटामा गएकाे र कतिपयले थाेरै काराेबार गरेर पनि धेरै फाइदामा गएकाे भन्दै, कम्पनीको नीति भित्र बस्न समेत आग्रह गरे।
द बर्गर हाउस हालसम्म देशभर १ सय ४८ वटा शाखा रहेको र हजाराैंले राेजगारी पाइरहेको छ भने कम्पनीको नीति भित्र बसेर काम गर्ने कर्मचारीहरुले केही दिन देखिनै स्वास्थ्य बिमा, सन्जयकोष लगायतका सुबिधाहरु समेत पाउने लामाले बताए ।
