मंगलबार, १२ असार २०८०
दोलखा । काठमाडौँ महानगरपालिकाले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा रोक लगाएको छ । महानगरपालिकाले शुल्क माथि नियमन गर्दै २०८०–०८१ का लागि कक्षा ११ मा के कति शुल्क लिने हो, त्यसका लागि प्रस्ताव आह्वान गरेको छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले २०८० मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूसँग के के शीर्षकमा के कति शुल्क लिने हो, त्यस्तो प्रस्ताव पेश गर्न काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ को दफा २७, ९ बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव पेश गर्नुपर्नेछ । असार मसान्त भित्र शिक्षा विभागमा प्रस्ताव पेश गर्नु पर्ने शिक्षा अधिकारी कोइरालाले जानकारी दिउका छन ।

अहिलेसम्म विद्यालयहरूले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिँदै आएका र सर्वसाधारण व्यक्तिहरुबाट प्लस टु मा शुल्क निकै महँगो भएको गुनासो आएपछि नियमन गर्न लागिएको शिक्षा अधिकारी कोइरालाको भनाई छ ।

हरेक विद्यालयले प्रत्येक वर्ष शुल्क विवरण महानगरमा पेश गर्नुपर्ने हुन्छ । तर, कतिपय विद्यालयहरूले शुल्क विवरण पेश नगरेको पाइए पछि महानगरले समयसीमा तोकेर प्रस्ताव माग गरेको हो । उनीहरूले पेश गरेको प्रस्तावको आधारमा शुल्क निर्धारण गरिने र यसअघि संस्थागत विद्यालयहरूको हकमा माध्यमिक विद्यालय तहका लागि शुल्क प्रस्ताव पेश गर्न आह्वान गरेको पनि थियो । तर, यो वर्ष शुल्क समायोजन गर्नुपर्ने आधार नदेखिएको भन्दै महानगरले कुनै पनि विद्यालयको शुल्क समायोजन गरेको थिएन । गत वर्ष निधारण गरिएकै शुल्कको आधारमा विद्यालयहरूको शुल्क यथावत् राखिएको थियो ।