नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज ७ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ।
बुधबार बसेको नेप्सेको संचालक समितिको बैठकले नयाँ ब्रोकरहरुलाई सदस्यता प्रदान गर्ने निर्णय गरे अनुसार आज नेप्सेले ७ ब्रोकरलाई प्रमाणपत्र दिएको हो।
आज ब्रोकर सदस्यता पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. मियो सेक्युरिटिज प्रा.लि., र प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन्।
जस अनुसार भोले गणेश सेक्युरिटिज ब्रोकर नम्बर ६१, क्यापिटल म्याक्स सेक्युरिटिज ब्रोकर नम्बर ६२, हिमालय ब्रोकरेज ब्रोकर नम्बर ६३ , सन सेन्युरिटिज बरोकर नम्बर ६४, शेयरप्रो सेक्युरिटिज बरोकर नम्बर ६५, मियो सेक्युरिटिज ब्रोकर नम्बर ६६ र प्रोपर्टी विजार्ड लिमिटेड ब्रोकर नम्बर ६७ को रुपमा रहने भएका छन्।
यी कम्पनीले अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि कारोबार सुरु गर्न सक्ने छन्। असार मसान्त भित्र नै कारोबार गर्ने तयारी यी ब्रोकरले गरका छन्।
नेप्सेले तोकिएको मापदण्ड पुर्याएका अन्य ब्रोकर कम्पनीलाई पनि सदस्यता प्रदान गर्ने छ।
हालसम्म धितोपत्र बोर्डले १८ कम्पनीलाई ब्रोकर लाईसेन्स प्रदान गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले जेठ ८ गते ७ नयाँ कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स प्रदान गरेको थियो। ती ७ कम्पनीले आज नेप्सेबाट सदस्यता पाएका छन्।
