नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।
सोमबार अमेरिकी डलरको भाउ स्थिर छ। आइतबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ र बिक्री दर १३१.९० रुपैयाँ थियो। सोमबार पनि यसको विनिमय दर उस्तै छ।
त्यस्तै, युरोपियन युरोको विनिमय दर भने बढेको छ। आइतबार १ युरोको खरिद दर १४४.०८ रुपैयाँ र बिक्री दर १४४.७४ रुपैयाँ थियो। आज यसको खरिद दर १४४.६४ रुपैयाँ र बिक्री दर १४५.३० रुपैयाँ कायम छ।
आज बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आइतबार १ पाउण्ड खरिददर १६८.२९ र बिक्रीदर १६९.०६ रुपैयाँ थियो। सोमबार यसको खरिददर १६८.७४ र बिक्रीदर १६९.५१ रुपैयाँ पुगेको छ।
