लुम्बिनी प्रदेशमा मोटरसाइकल तथा स्कुटरको वार्षिक कर २ हजार ५०० देखि ३० हजार रुपैयाँसम्म रहेको छ।
यसमा १२५ सीसीसम्मको लागि ३ हजार, १२६ देखि १५० सीसीसम्मको लागि ५ हजार, १५१ देखि २२५ सीसीसम्म ६ हजार ५००, २२६ देखि ४०० सीसीसम्मको लागि ११ हजार र ४०० भन्दा माथि ६५० सीसीसम्म २० हजार रुपैयाँ रहेको छ।
यस्तै, ६५० सीसीभन्दा माथिका सबै बाइकको वार्षिक कर ३० हजार तोकिएको छ। यो सेगमेन्टमा पनि अघिल्लो वर्षको तुलनामा २ हजारका दरले वार्षिक कर बढाइएको छ।
विद्युतीय मोटरसाइकल तथा स्कुटर १ हजार वाटसम्म २ हजार, १ हजार १ देखि १ हजार ५०० वाटसम्म २ हजार ५०० रुपैयाँ र १ हजार ५०१ वाटभन्दा माथि ३ हजार रुपैयाँ तिर्नुपर्छ।
