नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।
मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। सोमबार १ डलरको खरिद दर १३२.२५ रुपैयाँ र बिक्री दर १३२.८५ रुपैयाँ थियो। आज खरिद दर १३२.१० रुपैयाँ र बिक्री दर १३२.७० रुपैयाँ कायम भएको छ।
यस्तै, मंगलबार युरोपियन युरोको भाउ भने घटेको छ। आज १ युरोको खरिद दर १४४.९५ रुपैयाँ र बिक्री दर १४५.६१ रुपैयाँ कायम छ। सोमबार १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२८ रुपैयाँ थियो।
बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.१६ र बिक्रीदर १६८.९३ रुपैयाँ कायम छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.६२ र बिक्रीदर १६९.३८ रुपैयाँ थियो।
