बुधबार, २४ साउन २०८०, दोलखा । २९औँ विश्व आदिवासी दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

“आफूले निर्धारण गरे अनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो। आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको छ।

नेपाल आदिवासी जनजाति महासंघले बुधबार दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ। त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपबाट सांस्कृतिक झाँकी सहितको र्‍याली निकाल्ने कार्यक्रम पनि रहेको छ।

राष्ट्रसंघको साधारणसभाले सन् १९९४ डिसेम्बर २३ को दिन अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यस यता हरेक वर्ष विश्व आदिवासी दिवस मनाउने गरिएको छ।

यस दिवसको अवसरमा कोशी प्रदेश सरकारले भने आज प्रदेशभर सार्वजनिक विदा दिएको छ।