सोमबार, २९ साउन २०८०, दोलखा । एएफसी कप छनोटको दोस्रो चरण खेल्न मछिन्द्र फुटबल क्लब भारत प्रस्थान गरेको छ।

मछिन्द्र हिजो आइतबार भारततर्फ प्रस्थान गरेको हो।

मछिन्द्रले एएफसी कप छनोटको दोस्रो चरणमा इन्डियन सुपर लिग क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ।

मोहन बगान र मछिन्द्रबीचको खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ।

मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ ले पराजित गरेको थियो।