नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।
बुधबार अमेरिकी डलरको स्थिर छ। मंगलबार १ डलरको खरिद दर १३२.४३ रुपैयाँ र बिक्री दर १३३.०३ रुपैयाँ थियो। आज पनि सोही दर कायम छ।
यस्तै, बुधबार युरोपियन युरोको भाउ घटेको छ। आज १ युरोको खरिद दर १४४.८० रुपैयाँ र बिक्री दर १४५.४६ रुपैयाँ कायम भएको छ। मंगलबार १ युरोको खरिद दर १४४.९३ रुपैयाँ र बिक्री दर १४५.५९ रुपैयाँ कायम थियो।
बेलायती पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.२३ र बिक्री दर १६८.९९ रुपैयाँ पुगेको छ। मंगलबार १ पाउण्डको खरिद दर १६८.१७ र बिक्री दर १६८.९३ रुपैयाँ कायम थियो।
