शुक्रबार, ०८ भदौ २०८०, दोलखा । बागमती प्रदेश सरकारले दुई जिल्ला हेर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटलाई कर्मचारी विहीन भएको छ।

लामो समयदेखि कार्यालय प्रमुख विहीन रहेको भेटेरिनरी अस्पताललाई प्रदेश सरकारले कर्मचारी विहीन बनाएको हो। लम्पी स्किनको महामारीका कारण पशुहरु धमाधम मर्नुका साथै संक्रमण दर तिव्र भएका बेला दरबन्दी अनुसारको कर्मचारी नहुँदा दैनिक कार्य सम्पादन र महामारी नियन्त्रणमा कठिनाई भएको छ। कार्यालयमा १२ जनाको स्थायी दरबन्दी रहेकोमा कार्यालय प्रमुखसहित ४ जनाको स्थायी दरबन्दी रिक्त रहेको छ। भेटेरिनरी अस्पतालमा कार्यालय प्रमुख, अधिकृत स्तर छैटौँ लाईभस्टकको कर्मचारी, प्रशासन शाखा, लेखा शाखाको पद रिक्त रहेको हो। प्रदेश सरकारले लामो समयदेखि कर्मचारी नपठाउँदा कार्य सम्पादनमा निकै समस्या भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटका निमित्त प्रमुख पलट चौधरीले जानकारी दिएका थिए।

उनका अनुसार दरबन्दी अनुसारको कर्मचारी नहुँदा कार्यालय सञ्चालनमा समस्या हुनुका साथै लम्पी स्किनको महामारी नियन्त्रणका लागि फिल्डमा कर्मचारी पठाउन समेत समस्या भएको छ। बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्य जिल्लामा विषय केन्द्रित भेटेरिनरी चिकित्सक पठाए पनि दोलखामा पठाएको छैन। तत्कालिन कार्यालय प्रमुख माधवप्रसाद दाहालको मत्स्य विकास केन्द्र चितवनमा सरुवा भएपछि २०७८ साल फागुन ११ गतेदेखि भेटेरिनरी अस्पताल निमित्त कार्यालय प्रमुख पलट चौधरीले सम्हालेका छन्। निमित्त प्रमुख चौधरीको नेतृत्वमा विगत डेढ बर्षदेखि दुई जिल्ला हेर्ने कार्यालय संचालनमा छ। भेटेरिनरी अस्पताल दोलखाको प्रमुख उपसचिबस्तरको दशौँ तहका बरिष्ठ पशु विकास अधिकृत वा बरिष्ठ पशु चिकित्सक हुनुपर्ने व्यवस्था छ। तर, प्रदेश सरकारले कार्यालय प्रमुख नपठाउँदा आठाँै तहका चौधरीको नेतृत्वमा भेटेरिनरी अस्पताल चलिरहेको छ।

कार्यालयमा १२ जनाको स्थायी दरबन्दी रहेकोमा कार्यालय प्रमुख सहित ४ जनाको स्थायी दरबन्दी रिक्त रहेको छ। तत्कालिन कार्यालय प्रमुख माधवप्रसाद दाहालको मत्स्य विकास केन्द्र चितवनमा सरुवा भएपछि २०७८ साल फागुन ११ गतेदेखि भेटेरिनरी अस्पताल निमित्त कार्यालय प्रमुख पलट चौधरीले सम्हालेका छन्। दोलखा र सिन्धुपाल्चोकमा मात्रै २ हजार १ सय ७२ पशु मरिसकेका छन्। दोलखामा लम्पी स्किनका कारण ३७ हजार २८ बढी पशु संक्रमित बनेका छन् भने ९ सय १७ पशु मरिसकेका छन्। यस्तै, सिन्धुपाल्चोकमा २७ हजार ६ सय ५३ संक्रमित बनेका छन्।

कार्यालयको लेखा शाखामा समेत कर्मचारी नभएका कारण जिल्ला आयुर्वेद कार्यालयका लेखापालले भेटेरिनरी अस्पतालको समेत लेखाको काम गर्दै आएका छन्। बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दोलखा हेर्ने २ जना र सिन्धुपाल्चोक हेर्ने १ जना गरी ३ जना करारमा सहायक पाँचौ तहको कर्मचारी पठाएको छ। कार्यालयमा एक जना कार्यालय सहयोगी सहित ४ जना करारका कर्मचारी रहेका छन्। यस विषयमा मन्त्रालयमा पटक–पटक जानकारी गराए पनि सुनुवाई हुन नसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटले जनाएको छ।

देशभर लम्पि स्किनको महामारीका कारण हजारौं पशुहरु मरिसकेका छन् भने लाखौं पशु संक्रमित छन्। दोलखा र सिन्धुपाल्चोकमा मात्रै २ हजार १ सय ७२ पशु मरिसकेका छन्। दोलखामा लम्पी स्किनका कारण ३७ हजार २८ बढी पशु संक्रमित बनेका छन् भने ९ सय १७ पशु मरिसकेका छन्। यस्तै, सिन्धुपाल्चोकमा २७ हजार ६ सय ५३ संक्रमित बनेका छन्। सिन्धुपाल्चोकमा १२ सय ५५ वटा पशु मरिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटका नायब पशु स्वास्थ्य प्राबिधिक टेकबहादुर सुनुवारले जानकारी दिएका छन्।

दुवै जिल्लामा लम्पि स्किनको महामारी फैलिएका बेला भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटलाई कार्यालय प्रमुखसहित कर्मचारी विहिन अवस्थामा राखेको भन्दै प्रदेश सरकारको आलोचना भईरहेको छ।