शुक्रबार, २२ भदौ २०८०, दोलखा। तामाकोशी नदीमा तीन दिन अघि फेला परेको बेवारिसे शव दोलखाकी एक महिलाको रहेको छ।
सो शव दोलखाको मेलुङ गाउँपालिका ४ की ७७ वर्षीया कर्णमाया अधिकारी रहेको हो। काठमाडौंबाट मेलुङ घर आउने भनेर निस्किएकी उनी भदौ १८ गतेबाट बेपत्ता भएकी थिइन्। बेपत्ता भएकी उनको शव भदौ १९ गते रामेछापको मन्थली नगरपालिका ११ स्थित दोभानघाटमा फेला परेको थियो। बेपत्ता भएको तीन दिन पछि पहिचान भएकाले आफन्तजनले शव बुझेर लगिसकेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए। उनका अनुसार उनी आफैँले तामाकोशी नदीमा हाम फालेको हुन सक्ने अनुमान छ।
