सोमबार, ०८ असोज २०८०, दोलखा। नेपाल र चीनबीच १२ बुँदे सम्झौता भएको छ।

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीच सोमबार भएको दुई पक्षीय वार्ताका क्रममा १२ बूँदे सम्झौता भएको हो।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा दाहाल र छ्याङको उपस्थितिमा बीआरआई अन्तर्गतका विभिन्न आयोजनाको कार्यान्वयन, वयापार, विद्यतु तथा सडक पूर्वाधार, कुषि, विकास आयोजना, सीमानाका व्यवस्थापन तथा नेपालमा चिनियाँ सहयोग लगायतका विभिन्न सम्झौतामा हस्ताक्षर भएको हो।

दुई देश बीच भएका सम्झौतालाई संयुक्त वक्तव्य मार्फत सार्वजनिक गर्ने तयारी भईरहेको छ। यसअघि चिनियाँ प्रधानमन्त्री छ्याङले प्रधानमन्त्री दाहाललाई ग्रेट हल अफ द पिपुलमा स्वागत गगरिएको थियो भने चिनियाँ सेनाको एउटा टुकडीले थियानमन स्क्वायरमा प्रधानमन्त्री दाहाललाई सलामी दिएको थियो।

दुई पक्षीय वार्ता सुरु हुनुअघि चिनियाँ प्रधानमन्त्री छ्याङले छोटो मन्तब्य दिंदै नेपाल–चीन सम्बन्धमा नयाँ उर्जा थपिएको महसुश भएको बताएका थिए। यसअघि प्रधानमन्त्री दाहालले सोमबार बिहान चिनियाँ संसद जनकंग्रेसका अध्यक्ष चाओ लचिसँग पनि भेट गरे।

बेइजिङस्थित ग्रेट हल अफ् द पिपुल्समै उहाँहरु बीच भेटवार्ता भएको हो। प्रधानमन्त्री दाहाल आगामी बुधबार बेइजिङबाट तिब्बत जाने कार्यक्रम छ।

गत शनिबार न्युयोर्कबाट चीनको हाङचउ पुग्नु भएका प्रधानमन्त्री दाहालले त्यही दिन चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए।