बुधबार, १७ असोज २०८०, दोलखा। बझाङ। बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पमा परी घाइते हुनेको सङ्ख्या १३ पुगेको छ।

यस अघि भुकम्पमा परी चार विद्यार्थी सहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका थिए। जिल्लाका विभिन्न स्थानमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए। उनका अनुसार घाइते उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ। भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्स्पेक्टर दिपेश चौधरीले जानकारी दिए।