पल शाह र नाबालिकको विषयमा बोल्दै नेपालि सेलिप्रेटिहरु को कस्को पक्षमा ??


Dipu

फाल्गुन २० शुक्रवार
काठमाडौ नेपाल
अन्लाईन बुलेटिन

पछिल्लो समयको सामाजिक संजालमा चर्चाको बिषय रहेको छ कलाकार पल शाह अनि नाबालिक गायिका बिचको।
उक्त विषयमा धेरैले आफ्नो फेसबुक ,टुइटर लगायतका विभिन्न सामाजिक संजालमा आफ्नो आफ्नो धारण राखेका छन। कसैले शाहको पक्षमा आफ्नो मत राखेका छन त कसैले नाबालिकको पक्षमा ।
तेहि धारण मध्यमका केहि अन्य सेलिब्रेटिहरुले लेखेको स्टाटस यहा जस्ताको तेस्तै राख्दै छौ

नम्बर एकमा लेख्नु हुन्छ नेपालि चर्चित नयिका रेखा थापा

“२० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छ? कती पटक यौन संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ । “

तेस्तै एउटा प्रेश मिटमा नायिका पुजा शर्माले भन्नु हुन्छ
“‘पललाई हतकडी लगाएको नै मलाई मन परेन । ऊ दोषी हो वा होइन भनेर अनुसन्धान नगर्दै हतकडी लगाइयो
… दोषी प्रमाणित भएपछि हतकडी लगाउँदा मानिन्छ तर अहिले नै हतकडी लगाएर लैजाँदा मलाई एकदमै नराम्रो लाग्यो । यो देखेपछि नेपालमा कलाकारलाई सम्मान नै छैन भन्ने महशुस गरेँ अनि देश एतिकै पछि गएको हैन भन्ने लाग्यो मलाइ’! “

तेस्तै नायिका रिचा शर्मा भन्नु हुन्छ , “मुलुकी अपराध संहिताले भन्छ’ १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी। हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै। अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !! मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो।””

यता नायिका प्रीयन्का कार्की भन्नुहुन्छ ;
, “दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौं, जहाँ पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।”””

यो विषयमा तपाइ कस्को पक्षमा हुनु हुन्छ
तल कमेन्टमा लेख्नुस है
को पीडित हो त यो केशमा तपाइको अमुल्य धारण राख्नु होला ।

सम्बन्धित खबर