मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© २०८२, अनलाईन बुलेटिन