बुधबार, १७ असोज २०८०, दोलखा। नेपालगञ्जमा भएको तनावलाई नियन्त्रण गर्न खोज्दा तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन्। मंगलबार नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेको थियो।
सो तनावलाई नियन्त्रण ल्याउन खोज्दा भएको झडपमा ३ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते ९आइतबार० सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर नेपालगञ्जमा तनाव बढेको थियो।
जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउसो १.०० बजेदेखि लागू हुनेगरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क १ ३ बमोजिम कर्फ्यू आदेश जारी गरेको छ।
सामाजिक सद्भाव विग्रिने गरी भ्रामक संचार सामाग्रीको प्रचार प्रसार नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ।
