विहीबार, २५ साउन २०८०, दोलखा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र युएस डिपार्टमेन्ट अफ स्टेट अन ग्लोबल एन्टी कसप्सन संयोजक रिचार्ड नफ्यु बिच भेटवार्ता भएको छ। बिहीबार टंगाल स्थित आयोगको कार्यालय भेटवार्ता भएको अख्तियार प्रवक्ता सहसचिव भोला दाहालले बताए।
भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अभियानमा अमेरिका र नेपालबिच हुनसक्ने सहकार्यको बारेमा छलफल भएको छ। भ्रष्टाचार सम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको सह–सचिव दाहालले जानकारी दिए।
अख्तियार प्रमुख राईले आयोगको बारेमा जानकारी गराएका थिए।
