आइतबार, ३१ भदौ २०८०, दोलखा। ६१ किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार आरोपीहरु विरुद्ध मुद्दा दर्ता भएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको हो।
सीआइबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ किलो सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदन बुझाएको छ। सुन तस्करीमा संलग्न ३२ जनालाई कारबाहीका लागि पनि सीआइबीले सिफारिस गरेको छ।
सीआइबीले कारबाहीका लागि सिफारिस गरिएका मध्ये १८ जना फरार रहेका छन्। तस्करहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सिआइबीको सुझाव छ।
हालसम्म पक्राउ परेका मध्ये ९ जना विदेशी नागरिक छन् ।
