
एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया परेका छन्।
यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ।
यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट हुनेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूह मध्ये दोस्रो हुने उत्कृष्ट पाँच टिम एसियन कपमा छनोट हुनेछन्। यसअघि नेपालले गत असारमा दोस्रो चरणमा प्रतिस्पर्धा गरको थियो।
पाँच टिम रहेको समूहमा चौथो भएको नेपाल तेस्रो चरणका लागि छनोट भएको थियो। नेपालले दोस्रो चरणमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। दुवै टिमसँग नेपाल दुवै लेगको खेलमा पराजित भएको थियो।
के भन्छन त अल्मुताईरि?

उनले समूह ए मा परेका सबै देशकाे नाम लेख्दै हामी हाम्राे खेल कुवेतमा खेल्नेछाैं भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । साथै उनले नेपालले कुन मितिमा कुन देशसँग खेल्ने भनेर पनि उल्लेख गरेका छन् ।
त्यसैगरी उनले हाम्राे हाम्रो राष्ट्र, हाम्रो राष्ट्रिय गान र हाम्रो शान भनेर लेखेका छन् । सामाजिक सञ्जालमा एक्टिम रहेका अल्मुताईरीले उनका समर्थकले साेधेका प्रश्नका जवाफ समेत दिने गर्छन् ।
साथै उनकाे साेही स्टाटसमा एक जना उनका फलाेअर्सले प्रिय काेच तपाईलाई समस्या आईपर्याे, कुवेत भर्सेज नेपालमा तपाई कुन टिमलाई सपाेर्ट गर्नु हुन्छ भनेर साेधेका छन् । उक्त प्रश्नकाे जवाफ दिँदै अल्मुताईरीले अन्य कुरा केही नभनि सिधै नेपाल भनेर प्रतिक्रिया दिएका छन् ।
