७ चैत, काठमाडौं / भरखरै सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल युएईसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । आज सोमबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो ।
नेपाल, पपुवा न्युगिनी र युएईबीचको यो त्रिकोणात्मक सिरिजको अघिल्लो खेलमा नेपाल युएईसँगै ४८ रनको पराजित भएको थियो। आज युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो ।
नेपालका लागि सर्वाधिक ज्ञानेन्द्र मल्लले ज्ञानेन्द्रले ६५ बलमा ३० रन जोडे पनि जित भने युएईकै पक्षमा गएको छ । नेपालका लागि अन्य बेट्सम्यानको खासै सम्झन लायक प्रदर्शन रहेन ।
बलिङमा युएईका जुनइद सिद्धिकीले ४ विकेट लिए । कसिफ दाउद र अहमेद राजाले २–२ विकेट हात पारे । दुबई अन्तर्राष्ट्रिय मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा २०२ रन जोडेको थियो ।
युएईका लागि रोहान मुस्ताफाले सर्वाधिक रन अर्धशतक प्रहार गर्दै बलमा ६० रन बनाए । जसमा २ चौका र १ छक्का बाउन्डरीको रुपमा प्रहार गरेका थिए । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ३२ रन खर्चिएका थिए ।
सोमपाल कामीले २ विकेट लिए । उनले १० ओभरमा ४४ रन खर्चिए । करण केसीले पनि २ विकेट लिएका थिए । उनले ९ ओभरमा ३६ रन खर्चिए । यसैगरी आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिन सफल भए। .
त्रिकोणात्मक सिरिजमा युएईले चार मध्ये तीन खेलमा जित हात पारेको छ । योसँगै युएईले सिरिज आफ्नो पक्षमा पार्न सफल भयो । नेपाल र पपुवा न्युगिनीले सुरुवाती तीन खेलमा एक एक खेलमा जित निकालेका छन् । अब भोलि सिरिजको अन्तिम खेलमा नेपाल र पपुवा न्युगिनीबीच खेल हुँदैछ ।
© 2025, Online Bulletin