१) महाकाली सन्धिमा राष्ट्र्घात देख्ने प्रचण्डले स्वयम्ले एमसिसि रोक्ने आट गरेनन बरु आफ्ना कार्यकर्ता लाई सडकमा उतारेर कथित नेतृत्व र पार्टिलाई नाङ्गाे साबित गराइदिए ।
२) महाकाली सन्धि कार्यान्वयन पछि राष्ट्रहित देख्ने देउवाले साम्राज्यवाद तिरै ढल्किएर एकोहोरो रुपले लम्पसार नै भए र अर्को गद्दार गरिछाडे ।
३) महाकाली सन्धि पश्चात् देशलाई बार्षिक एक खर्ब २० अर्ब आम्दानी हुनेछ भन्ने ओलिले ‘एमसिसि’ ‘जस्तो संवेदनशील तथा राष्ट्रिय मुद्दालाई पन्साउदै नेकपा एमालेलाई निर्णय बिहिन र भूमिका बिहिन बनाउन फोहोरी खेल खेलेको र अप्रत्यक्ष साक्षी बसेको प्रत्यक्ष देखियो ।
४) नेपाली बिजुली भूउपग्रह हुदै चीन को छेउमा लगेर बेच्ने सपना बाड्ने माकुने कथित प्रचण्ड पथ र सत्तापथमा जुका टाँसिए झै टासिएर महाकाली सन्धिको नेपालमा दिर्घकालिन प्रभाव पारेको बिर्सिए, एमसिसि अनुमोदनबाटै कार्यकर्ताको मुखमा टेप टाँसिदिए, झाक्रीहरु सत्तामा पुगेपछि देउवासरणमा पुगे ।
५) फेरि अर्कोतिर अमुख कार्यकर्ताहरू ‘एमसिसि’ को नारा भजाएर आरोप प्रत्यारोप गर्दै छन, टाउके को देवत्वकरण गर्दै छन भने बुझ्नुस कि यी पनि साम्राज्यवाद कै मतियार हुन, दलाल हुन, भोलि अर्को राष्ट्रघात यिनैले गर्दैछन ।
६) कुनै पनि राजनीतिक पार्टि गलत बिचार बाट सञ्चालित छैनन/हुनुहुदैन (यदि छन भने ती राजनीतिक पार्टी होइनन) । बिचारमा राष्ट्रहित विपरीत छन भने ति सबै नाजायज देवत्वकरण र व्यक्तिबादका नतिजा हुन, यसबाट दुर्घटना मात्रै हुने हुन्छ, अस्थिरता मात्रै रहन्छ ।
७) नेतृत्वले बिगारेको/बिगार्दै गरेको पार्टिमा अब पनि सशक्त बिद्रोह नभए गरिबि, पछौटेपनले पछ्याइरहन्छ, अनुदान र सहयोगको नाङलाे ठटाउदै अर्को गगन थापाहरु देखिदै जानेछन, सम्वृद्धिकाे नाममा नाङलाे व्यापार गर्ने हरु जन्मिदै जानेछन ।
………सिद्धान्त
Original:
