
दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका इश्वरनारायण मानन्धर फराकिलो मतान्तरले विजयी भएका छन्।कांग्रेसका उम्मेदवार मानन्धरले निकटतम् प्रतिस्पर्धी एमालेका हरिवंश चौलगाईलाई १ हजार ४ सय ४२ मतान्तरले पछिपार्दै नगर प्रमुखमा निर्वाचित भएका हुन्। नेपाली कांग्रेका मानन्धरले ८ हजार ७ सय २३ मत ल्याउँदा एमालेका चौलगाईले ७ हजार ३ सय १ मत प्राप्त गरेका थिए।त्यस्तै नगर उपप्रमुखमा एमालेकी कमला बस्नेत विजयी भएकी छिन्। उपप्रमुखमा निर्वाचित बस्नेतले ७ हजार २ सय ६४ मत ल्याउदा उनकी निकटतम प्रत्यासी समाजवादीकि संगिता पाख्रीनले ६ हजार ९ सय २१ मत प्राप्त गरेकी छिन्।बस्नेतले पाख्रीनलाई ३ सय ४३ मतले पछि पार्दै पुनः नगर उपप्रमुखमा जित हातपारेकि हुन्।