भदौ १२, दोलखा । जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बस्नेतले मदिरा सेवन गरि हो-हल्ला गरेको अभियोगमा पक्राउ परेका घोराही उपमहानगरपालिका-१० नारायणपुरका तीन युवाका अभिभावकबाट आफूले प्रहरीसँग सेटिङ मिलाइदिने भन्दै ५० हजार रकम असुलेका थिए। 

प्रहरी हुँ भनि पक्राउ परेकालाई छुटाउने भन्दै उनीहरूका अभिभावकबाट रकम असुल्ने एक युवा पक्राउ परेका छन्।  पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१४ का २० वर्षीय प्रतिक बस्नेत छन्। 

बस्नेत पनि झन्डै २२ दिन अगाडि मदिरा सेवन गरि हो-हल्ला गरेको अभियोगमा पक्राउ परेका थिए। प्रहरीले बस्नेत विरूद्ध सार्वजनिक शान्ति सुरक्षा कसुरमा मुद्दा चलाएकाले थुनामा थिए। उनी भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालयको थुनावा कक्षबाट छुटेका थिए। 

थुनामा बस्दा भएको चिनजानका आधारमा पक्राउ परेका नारायणपुरका तीन युवाका अभिभावकलाई आफ्नो प्रहरी भित्र सबै सेटिङ रहेको भन्दै छोरा छुटाउने भए पैंसाको लोभ नमानि ५० हजार रूपैंया असुलेको तथ्य खुलेको डिएसपी गौतमले जानकारी दिए। 

‘अभिभावकहरू हाम्रोमा आएर हामीले ५० हजार दिइसक्यौं, छोरा छोड्दिनु पर्‍यो भन्न आउनुभयो,’ डिएसपी गौतमले भने, ‘उहाँहरूका कुरा सुनेर हामी सुरूमा अक्क न बक्क परेका थियौं।’

त्यसपछि प्रहरी अभिलेखमा रहेको फोटो उनीहरूलाई देखाएपछि बस्नेतलाई पहिचान गरेका थिए। बस्नेतको मोवाइल लोकेसन ट्रयाक गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानको सहयोगमा उनलाई प्यूठानको बिजुवारबाट शनिबार पक्राउ गरिएको डिएसपी गौतमले बताए । 

पक्राउ परेका बस्नेतलाई शनिबार राति जिल्ला प्रहरी कार्यालयमा ल्याइ थुनामा राखिएको गौतमले बताए। 

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।