शुक्रबार, मंसिर २, २०७९
चुनावी माहोल हाल मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश चुनावी माहोल तातीरहेको छ। देशभर अहिले यस्तो अवस्थामा हामीले आफ्नो हित हुने भन्दा पनि देशको हितलाई मध्यनजर गर्दै उपयुक्त उम्मेदवारलाई रोजी देशको भविष्य उज्वल र देशलाई भ्रष्टाचार मुक्त गराउन सकिन्छ।
निर्वाचनका सम्पुर्ण गतिविधिहरूलाई आम जनतासम्म सहज पहुँच पुर्याउन निर्वाचन आयोग अन्तर्गत ७ वटा प्रदेश निर्वाचित कार्यलय रहेका छन। निर्वाचनका नाममा झुठा आशवासन दिलाउनेको कमि रहेको छैन । आफ्नो भुमिका भन्दा विकास झुटा आस्वासन दिलाउदै मतदाताको घर घरमा पुगेर भोट माग्दै हिडेको छन् । पूर्व उमेदवारका काम एकातिर कुरो अर्को तिर भैइरहेको छ। यस्तो हुदा विकासका कुराले गतिलिन सकेको छ। यस्तो हुदा विकासका बाचाले मतदाताहरुलाई आकषिर्त गर्छ। अभाव र देश विकासको आसा राखी रहेका जनतालाई प्रलोभन देखाउदा उमेदवारले विकासको बजेटमा आफ्नो हात हुन्न भन्ने कुरा लुकाइरहेको देखि रहेको छ। त्यसैले मत दाताले राम्रो व्यक्तिलाई चुनेमा सही निति निमार्ण बन्न सक्छ भन्ने कुरामा आस राख्ने बेला यही हो।
अब आउने भाती युग नेताले निर्वाचित भएमा संसदमा कस्ता विधेयक ल्याउने ? संसदमार्फत जनतालाई स्वतन्त्रता सम्पन्नता, विभेदयुक्त धर्म र संस्कृति संरक्षण दिने राष्ट्रिय नीति लगाउने छन् । देशबाट गरिबी हटाउने. रोजगारी बढाउने, भ्रष्टाचार शुन्य बनाउने शिक्षामा स्वतन्त्र ‘दिलखते, जनताको स्वास्थ्य शिक्षको जानकारी राख्ने न्याय सम्बन्धी पनीति बनाउने सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, देशभित्र पुजिँको विकास गर्ने बहुदलीय व्यवस्थाको स्थायीत्वको निति बनाउन एकदमै जरुरी रहेको छ। विकासका पुर्वाधारहरुलाई अघीबढाइ ऐतिहासिक संरचनाको संरक्षण गर्ने।असल र सकरात्मक कार्यले देशको गौरव बढाउने,हिंसा मूक्त समाज बनाउने, देशलाई गुण्डाराज जस्ता बाट मूक्त गराउन पर्छ। निर्वाचित भएका व्यक्तिले संसदमा ल्याउन पर्ने विध्ययकहरू यसप्रकार छन्।
न्यायपालिकाको पून संरचना गर्ने – न्यायालयलाई भ्रष्टाचार र भ्रष्टाचारिबाट मूक्त गर्ने – भ्रष्टाचारको संरक्षण गर्ने वर्तमान संविधान प्रति संसोधन राख्ने – डर त्रासको अन्त्य गर्ने – सबैलाई गर्ने वातावरण बनाइ घृणा युक्त भाषणको अन्त्य गर्ने -झुठा आशवासन दिलाउने पार्टीलाइ संसदबाट मुक्त गर्ने – अनावश्यक बजेट लुट्ने गरेका पार्टी प्रति कानुनी रुपमा सजाय दिने -विदेशी ऋणको भार नबोक्ने -बन्दिगृह नेपाललाई आजात गर्ने – विकासका पूर्वाधारलाई दिगो बनाउने -देशमा शिक्षा र रोजगारीको पहुंच बढाउने -देशमा असल र सकारात्म कानुन लागू गराउने -देशमा रहेको आर्थीक समस्यामा सुधार ल्याउने -सरकारले बजेट मार्फत चालु खर्च धानको लागि आन्तरिक ऋण र बाह्य ऋण लिने प्रथा रोकि जनता लुट्नबाट बचाउने -नेपालको मौद्रिक नीति र वित्तिय नीतिलाइ नारीबी घटाउने -जलस्रोतको उचित प्रयोग गरी देश विकासमा जलस्रोत प्रयोग गर्ने -देश भरीके फोहोर व्यवस्थापन निजी क्षेत्रलाई दिने विधेयक बनाउने -शिक्षा क्षेत्रमा कर मूक्त गर्ने
लेखन, अनुसन्धान प्रकाशन र वरिष्ठताको आधारमा सरकारी शैक्षिक संस्थामा प्रमुख छान्ने र यो व्यवस्थाले शैक्षिक संस्थामा हुने राजनितिक नियुक्ततिको अन्त्य गर्ने निति बनाउने -सकेसम्म दुर्लभ र विगत क्षेत्रमा शिक्षाको पहुँच धेरै पुर्याउने र पुस्तकहरू निशुल्क प्रदान गर्ने – जब स्वास्थ्यमा खेलवाडको अनत्य गर्न विमा विधेयक पारित गरी लागु गर्ने’ -नेपालमा मेडिकल काउटिसल, औषधी व्यवस्था विभाग मेडिक एजुकेशन कमिशन लगायत सरकारी नियामक निकायहरु खारेज गर्ने विधयक निर्माण गर्ने – स्वास्थ्य छेत्र पूर्ण स्वतन्त्रता दिने -सरकारलाई जनताप्रति उत्तरदायी बनाउने -संसद मार्फत विधेयक बनाई पुजीबजारलाई सरकारी हस्तक्षेपबाट मुक्त गर्ने जस्ता कर्मा गर्ने छ भन्ने आस राखेका छौ। अबको निर्वाचनको उमेदवार युवानै हुनुपर्छ यो मेरो आफ्नो प्रतिक्रिया रहेको छ। हजुरहरुले पनि सहि व्यक्तिलाई आफ्ने अमूल्य भोट दिएर जिताउन र समाजलाइ शिक्षीत बनाउन र समाज प्र परिर्वतन गराउन सकिने छ।